जङ्गली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

इलाम । इलामको चुलाचुली गाउँपालिका वडा न-२ मा जङ्गली हात्तीको आक्रमणबाट ७३ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
मङ्गलवार राती करिब ९ ३० बजे हात्तीको आक्रमण बाट स्थानीय मोहन अधिकारीको घरमा बसेर खेती गर्दै आएका “दुद बहादुर” भनेर चिनिने राज कुमार राईको मृत्यु भएको हो ।
जङ्गली हात्ती गाउँ निस्किए पश्चात् उनी हात्ती खेदाउन गएका थिए । राईलाई उपचारको लागि झापाको दमक स्थित लाईफ लाइन अस्पताल लगिएको थियो । अस्पतालले राती १० बजे तिर राईलाई मृत घोषणा गरेको थियो ।
विशेष गरि तुलनात्मक रुपमा जाडो याममा निस्कने जङ्गली हात्तीले दिनहुँ जसो स्थानीयको बालीनाली, भौतिक संरचना नष्ट गर्ने गरेको पाइन्छ ।
प्रतिक्रिया राख्नुहोस्