नवदुर्गा पूजा समारोह, आज कन्या पुजन गरिँदै
पोखरा । पोखरा महानगरपालिका वडा नंं २७ स्थित लेखनाथ उद्योग वाणिज्य सङ्घको खेतल मैदान तालचोकमा मधेश कास्की सम्पर्क समाजले आयोजना गरेको दोस्रो नवदुर्गा पूजा समारोहको आज महाअष्टमी र नवरात्री पूजा र कन्या पुजन र हवन पूजा जारी रहेको छ ।
भक्तजनहरू बिहानदेखि शुद्ध बसी एकाग भई कन्या पूजनका लागि आज नौ वटा देवीरूपी कन्यालाई पूजाआजा गरी मिठो मसिनो भोजन र दक्षिणा दिई मध्यान्नमा सम्पूर्ण दुर्गा हवन र साँझमा महाआरती गरी महाअष्टमी र नवौँ रात्रिको पूजाआजा गरिएको हो ।
मधेश कास्की सम्पर्क समाजका अध्यक्ष सतेन्द्रकुमार दासले मध्यान्नमा मधेसको कला संस्कृति झल्कने परम्परागत झल्कने पहिरन र भेसभुसामा नृत्यकला गरिने जानकारी दिनुभयो ।
उहाँले दशमीका दिन अर्थात् भोली दशमी (बडादसैँ)को दिन देवी दुर्गाको पूजापाठ गरि टिका ग्रहण गर्ने कार्यक्रम रहेको र तत्पश्चात् एकादशीको दिन दुर्गा देवीको मूर्तिहरूको विसर्जनको पूर्व सन्ध्यामा पोखरा लेखनाथका विभिन्न स्थानमा भजन कीर्तन, बाजागाजासहित परिक्रममा गरी सेती नदीमा लगेर विर्सजन गरिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्