राष्ट्रपति समक्ष थारु आयोगको प्रतिवेदन पेश
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारु आयोगले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो भन्नुभयो । थारू समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गरिआएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार रहेको उहाँको भनाइ थियो । “आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास, भाषा, लिपी, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्