बाढी पहिरोमा परी देशभर २ सय ४६ जनाको मृत्यु
१७ हजार १ सय ७४ को उद्धार
काठमाडौँ । गत असोज ११ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट देशभर २ सय ४६ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परी बागमती प्रदेशमा १ सय ३९, काठमाडौँ उपत्यकामा ७०, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोमा परि १ सय ७८ जना घाइते र १८ जना बेपत्ता भएका छन् भने १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्