तपाईँ सुन्दै हुनुहुन्छः

विपद्को सामना गर्न क्षमता विस्तारमा जोड

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक रहेको बताउनुभएको छ । 

नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिद्वारा आज  आयोजित कार्यक्रममा उहाँले  विपत्तिसँग जुध्ने संस्थागत क्षमता विकास गर्न तीनै तहका सरकारको ध्यान जानुपर्छ भन्नुभयो । 

पटक पटकको विनाशकारी भूकम्प, हालैको बाढीपहिरो र डुबान जस्ता विपद्ले  पाठ सिकाएको जनाउँदै उहाँले भन्नुभयो, “ भनेर प्रकृतिले भनिरहेको छ, प्रकृतिसँग जुधेर होइन मिलेर प्रकृतिको विनाश नगरी विकास गर्नुपर्छ ।” उहाँले सबैले आलोपालो सरकारमा बस्दै आएकाले दोष दिनेभन्दा  निकास निकाल्नेबारे अगाडि बढ्नु पर्ने औँल्याउनुभयो ।  

कांग्रेस जिल्ला अध्यक्ष दुर्लभ थापाले विपद्मा सबैले जुटेर काम गर्न र जनताको सेवामा कांग्रेस अगाडि बढ्न आग्रह गर्नुभयो । कांग्रेस मध्यपुर नगर अध्यक्ष सभापति हरिदास प्रजापतिलगायतले मध्यपुर युवा रक्तदाता स्वयंसेवी मध्यपुरथिमिले ‘म सेवा गर्छु’ भन्ने नाराका साथ बिरामीका लागि तत्काल आवश्यक पर्ने रगत उपलब्ध गराउने दुई सय २० भन्दा बढी सदस्य रहेको बताउनुभयो । रगत चाहिए रक्तदाता समाजलाई सम्झन पनि उहाँले आह्वान गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button