तपाईँ सुन्दै हुनुहुन्छः

दाउन्ने सडक एकतर्फी सुचारु

नवलपरासी ,पश्चिम् । गएरातिदेखी अवरुद्ध बनेको पुर्वपपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत पछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ खुर्सानीखोलानजिकै सोमबार सडक भासिएको थियो। 

सोमबार राति ११ बजेदेखि डाइभर्सन निर्माणको काम सुरु भएको र अहिले बिहान केही बेर अघि एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो।

सडक एकतर्फी खुलेसँगै पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएका सवारीसाधन गन्तव्य तर्फ जान सुरु गरेका छन्  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button