रोल्पामा प्रथम स्ववियु कप २०८१ सम्पन्न
रोल्पा । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रथम स्ववियु महिला कप २०८१ रोल्पाको लिवाङमा सम्पन्न भएको छ ।

जलजला बहुमुखी क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियन लिवाङ रोल्पाको आयोजनामा अन्तर विद्यालय र क्याम्पस स्तरीय महिला भलिबल कपको उपाधि अरनिको मावि नुवागाँउले हात पार्यो ।

उपाधि विजेता नुवागाँउले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय स्थान ओगटेको बालकल्याण नमुना मावि लिवाङले ३० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेता खेलाडीहरूलाई रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिता असोज ३ गते संविधान दिवसका दिन सुरु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्