तपाईँ सुन्दै हुनुहुन्छः

बझाङको माझीगाउँ केन्द्रबिन्दु भएर भूकम्प

file photo

काठमाडौँ । बझाङको माझी गाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझी गाउँ आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button