तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा डोटी साहित्य उत्सव हुँदै 

डोटी । संविधान दिवसको अवसर डोटीमा डोटी साहित्य उत्सव २०८१ आयोजना आयोजना हुने भएको छ ।

नेपाली लेखक सङ्घ डोटी र डोटेली साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा असोज ३ गते दिपायल सिलगढी नगरपालिकाकाको सभाहलमा साहित्य उत्सव हुन लागेको हो ।

विगत लामो समयदेखि डोटीको भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा काम गर्दै आएका नेपाली लेखक सङ्घ डोटी र साहित्य प्रतिष्ठान डोटीले सोही क्रममा साहित्य उत्सवको आयोजना गरेका हुन् ।

उत्सवमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका स्रष्टाहरूको बेजोड प्रस्तुति रहने नेपाली लेखक सङ्घ डोटीले जनाएको छ । उत्सवमा तीन दर्जनभन्दा बढी साहित्यकारहरूको सहभागिता रहने नेपाली लेखक सङ्घ डोटीका अध्यक्ष फणेन्द्र साउँदले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button