तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक : स्वास्थ्यमन्त्रीसँग छलफल

काठमाडौँ I शिक्षा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पछिल्लो समयमा बढ्दै गएको डेंगु र  हैजाजस्ता महामारीजन्य रोग नियन्त्रणका लागि तीनै तहको सरकार लागि परेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले केही नयाँ योजना बनाउँदै गरेको जानकारी दिनुभयो ।
बैठकमा सांसदहरुले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारसम्बन्धमा छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्ने,  देशैभरका सरकारी अस्पतालमा स्तन क्यान्सरको स्क्रीनिङ् गर्ने मेसिन व्यवस्था गर्नुपर्ने र  अस्पतालहरूमा बिरामीले ई- टिकट लिन सक्ने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।
पछिल्लो समय आत्महत्याका बिरामी बढेको भन्दै सांसदहरुले  विज्ञहरू परिचालन गरेर समुदायस्तरमा काउन्सिलिङ अभियान सुरु गर्नुपर्ने विचार सांसदहरुले बैठकमा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button