तपाईँ सुन्दै हुनुहुन्छः

बोलेरो जिप दुर्घटना एक जनाको मृत्यु

बिनोद कुमार मल्ल
मुगु  । मुगु जिल्लाको सोरु गाउँपालिका ( ६ बन्जाँहा भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोरू गाउँपालिका वडा नं (३ भिँई गाउँका गाडी धनी नरबहादुर बुमी भएको    मुगुका प्रहरी नायब उपरिक्षक  वीरेन्द्र थापाले बताउनु भयो ।
वुधवार बिहान करिब ८:३० बजेको समयमा बोलेरो जिप दुर्घटनामा परेको थियो । सोरुकोट देखि गमगढी बजार तर्फ  फर्किने क्रममा  ना । १ ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा व्याक गर्ने क्रममा करिब १ सय  मिटर तल खसेको बताइएको छ ।
इलाका प्रहरी चौकी  अनुसार उक्त गाडीको सहचालक रहेका अर्का व्यक्ति गाडी व्याक गर्दा बाहिर निस्केको, गाडी सडकको तल खस्दा प्रहरीलाई खबर गर्न भन्दै उ आफै फरार भएको उक्त व्यक्तिको नाम खुल्न सकेको छैन । दुर्गम जिल्लाहरूमा प्राय हुने सडक दुर्घटनाहरू साँघुरा सडक,सेप्टिबाल नहुनु  र घुम्तीमा  मिलेका मोड नहुनाले नै हुने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button