रामग्राममा चट्याङ लागेर एकको मृत्यु
नवलपरासी । आइतबार परेको चट्याङका कारण पश्चिम् नवलपरासीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं. १४ पर्सावल बस्ने ३५ वर्षीय ठाकुर नाथ कँवर रहेको प्रहरीले जनाएको छ ।
बिहान पानी परिरहेको अवस्थामा खेतमा काम गर्न गएका कँवरको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते हुनुभएका कँवरको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्