तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

ढोरपाटन (बागलुङ) I भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button