बझाङका ११ हजार ७ सय २० परिवार स्वास्थ्य बिमामा आबद्ध
बझाङ । नेपाल सरकारले नागरिकको स्वास्थ्य उपचारमा सेवा पुर्याउने उद्देश्यले सञ्चालन गरेको राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत बझाङ जिल्लाका ११ हजार ७ सय २० परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।
आबद्ध भएका परिवारका झण्डै ४२ हजार ९८ बीमित सदस्यहरुले सरकारबाट पाउने एक लाख बराबरको निःशुल्क स्वास्थ्य उपचार खर्च पाइरहेको बताइएको छ ।
जिल्लामा ३८ हजार २५ जम्मा घरधुरी भए पनि स्वास्थ्य बीमा गर्ने परिवारको सङ्ख्या भने न्युन रहेको बझाङ स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी दिपक बिष्टले जानकारी दिनुभयो । ४२ हजार बीमीत सदस्यमध्ये ३५ सय ५४ जनाको मात्र असार मसान्तसम्म बीमा नवीकरण भएको पनि दर्ता अधिकारी विष्टले बताउनु भयो ।
बझाङमा आर्थिक वर्ष २०७४/७५ बाट स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको कार्यक्रम लागु गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्