तपाईँ सुन्दै हुनुहुन्छः

वर्षासँगै बढे सर्पदंशका बिरामी,  एन्टिस्नेक भेनमभन्दा कृत्रिम श्वासप्रश्वास प्रभावकारी

बाँके । हरेक वर्ष  बर्षायाममा  नेपालगन्जको भेरी अस्पतालमा सर्पले टोकेका बिरामीहरूको चाप बढ्ने गर्छ। यस वर्षपनि अस्पतालको इमर्जेन्सी र आइसियु वार्ड सर्पले टोकेका बिरामीले भरिन थालेका छन् । 

लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूर पश्चिमका विभिन्न जिल्लाहरूबाट सर्पले टोकेका बिरामीहरू   उपचारका लागी आउन थालेपछि  अस्पताल सर्पदंशका बिरामीले भरिभराउ हुन थालेको हो। असार अन्तिम साता यता  बर्सात भएपछि भेरी अस्पतालमा विभिन्न किटजन्य रोगका बिरामीका साथै  सर्पदंशका बिरामीहरूको सङ्ख्या बढ्दै गएको अस्पतालका सूचना अधिकृत वरिष्ठ फिजिसियन डाक्टर सङ्केत कुमार रिसालले बताउनु भयो ।  

तराईमा पाइने कोब्रा करेट जस्ता सर्पले टोकेका  बिरामीलाई प्यारालाइसिस हुने सास फेर्न गाह्रो हुने जस्ता  समस्या देखिने हुँदा  भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको छ।  हरियो प्रजातिका सर्पले टोकेर आउने गरेका बिरामीमा रगत पातलो हुने, रगत बग्ने  कलेजो र किड्नीमा असर पर्ने हुँदा डाइलासिस गरी सेतो रगत चुडाएर उपचार गर्ने गरिएको  भेरी अस्पतालका  एनेस्थेसियोलोजिष्ट डाक्टर पारस श्रेष्ठको भनाई  छ।

डाक्टर श्रेष्ठले  असार सुरु भएर पानी पर्न थालेसँगै  भेरी अस्पतालमा विभिन्न जिल्लाका सरदर दैनिक १५ देखि २० जना सर्पले टोकेका  बिरामीहरू  आउने गरेका छन् । 

भेरी अस्पतालमा बर्सात सुरु भएयता  झण्डै १०० जना  सर्पदंशका बिरामीको उपचार भइसकेको अस्पतालले जनाएको छ। जसमध्ये २० जनालाई आइसियुमा राखेर उपचार सेवा प्रदान गरिएको छ भने  तीन जनाको ढिलोगरी  अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको छ। सर्पले टोकेका बिरामीलाई विगतमा  धामी झाँक्रीकोमा लगेर अन्तिममा अस्पताल ल्याउँदा  बढेपनि हाल नजिकका  मेडिकलमा लग्ने गरिएको छ। तर गाउँघरका स्वास्थ्य केन्द्रमा जनशक्ति नहुनुको साथै पर्याप्त  ज्ञान नहुनुले एन्टिस्नेक भेनमतिर मात्र जोड दिँदा जोखिम बढेको  सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउनु हुन्छ।

सबैजसो सर्पले टोकेमा एन्टिस्नेक भेनम आवश्यक पर्ने नभइ कृत्रिम श्वासप्रश्वासको आवश्यकता पर्ने हुँदा त्यसतर्फ ध्यान दिनपर्ने चिकित्सकहरूको सुझाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button