प्रतिनिधि सभा : जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधायनसम्बन्धी विधेयक २०८० लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी बैठकमा सांसद डा. तोसिमा कार्कीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभयो ।
सांसद कार्कीले “विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभयो ।
सार्वजनिक महत्वको प्रस्ताव सम्बन्धि छलफलमा भाग लिँदै प्रस्तावका समर्थक सांसदहरुले मनसुनजन्य विपद भएपछि भन्दा अगाडि नै वैज्ञानिक तरिकाले समाधान खोज्नुपर्ने बताउनुभयो ।
सांसदहरुले विपद भएपछि आफ्ना क्षेत्रका विषय उठान मात्रै नभई त्यसको दीर्घकालीन समाधान खोज्न बायो इन्जिनियरिङ, आदिवासी जनजातिमा भएको ज्ञानलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्