सुशासन प्रमुख प्राथमिकता: मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासनलाई प्रमुख प्राथमिकता दिने बताउनु भएको छ । शपथ ग्रहण गरे लगत्तै पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिनुहुँदै मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो ।
त्यस्तै उहाँले प्रदेशले चालेका गौरवका आयोजनालाई पूर्णता दिनका लागि बजेट अभाव हुन नदिने समेत बताउनुभयो । मन्त्रीपरिषद्लाई छिट्टै पूर्णता दिने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यसहित ९ जनाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्