तपाईँ सुन्दै हुनुहुन्छः

सरकार पूर्ण स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको छ: सञ्चार मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार पूर्ण स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको बताउनुभएको छ । 

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा मन्त्री गुरुङले मिडिया काउन्सिललाई स्वायत्त निकायका रुपमा रहने गरी कानून बनाइने बताउनुभयो । 

मन्त्री गुरुङले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई प्रवर्धन गर्ने बताउनुभयो । 

बैठकमा सांसदहरु कृष्णप्रसाद सिटौला, नारायणकाजी श्रेष्ठ, भगवती न्यौपानेले, बेदुराम भूसालले सिङ्गो पत्रकारिता क्षेत्रलाई नियमन गर्ने संस्थाका रुपमा मिडिया काउन्सिल गठन गर्न सरकारले ल्याएको विधेयकले सञ्चारमाध्यमलाई थप व्यवस्थित र जिम्मेवार बनाउनु सहयोग पुर्‍याउने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button