तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा बस र ट्याङ्कर एक आपसमा ठोक्किँदा १६ जना यात्रु घाइते

चितवन । चितवनमा बस र ट्याङ्कर एक आपसमा ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको भतेरीमा बस र ट्याङ्कर एक आपसमा ठोक्किँदा १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढबाट पोखरा जाँदै गरेको ग२ख१४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना७ख ५४९१ नम्बरको पेट्रोल बोकेको तेल ट्याङ्करको पछाडि ठोक्किँदा बसमा सवार १६ जना यात्रुहरू घाइते भएका हुन् ।

घाइते मध्ये १० जनाको नयाँ मेडिकल कलेज, पुरानो मेडिकल कलेजमा एक जना, र सरकारी अस्पतालमा ४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये एक जना गम्भीर र अन्य मध्यम घाइते भएका छन् भने एक जना सामान्य छन् ।

प्रहरीले दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button