तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदको विकास लागि सबै मिल्नुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदको विकास लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सरोकारवाल सबैसँग छलफल गर्ने बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले नवनियुक्त युवा तथा खेलकुद मन्त्री चौधरीलाई बधाई दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

कर्मचारी संघका अध्यक्ष सरस्वती केसी लगायतका पदाधिकारीले सिंहदरबारस्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाई दिँदै कार्यकालको सफलताका लागि शुभकामना दिनुभयो ।

सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङको पनि उपस्थिति रहको थियो ।

अध्यक्ष केसीले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा सम्भव भएको जानकारी गराउँदै कर्मचारी विनियमावली, आर्थिक विनियमावली र कर्मचारी सङ्गठन, संरचना तथा व्यवस्थापन तत्काल स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button