पोखरामा डुबानमा फसेका चार जनाको उद्धार

पोखरा । पोखरामा डुबानमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।
पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुबानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टर कास्कीबाट खटिएको विशेष विपद् उद्धार टोलीले सकुशल उद्धार गरेको हो ।
गुल्मी स्थायी भई हाल हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ४५ वर्षका राम बहादुर अधिकारी, ३९ वर्षकी सृजना अधिकारी, वर्ष ६ का आयुष अधिकारी र ४ वर्षकी आयुष्का अधिकारीलाई पानीमा डुब्दै गरेको अवस्थामा आज बिहान ८ बजे उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले बताउनुभयो ।
त्यसैगरी आज पोखरा महानगरपालिका–२७ सहेलापाटा निवासी वर्ष ५१ का मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घरदेखि करिब २० मिटर माथिबाट पहिरो खसी घर कोठा पुरिदा ५० वर्षका कमला थापालाई डाडाकोनाक प्रहरी र स्थानीयले सकुसल उद्धार गरेका छन् । निजको छोरा वर्ष २२ को भिम बहादुर थापालाई भने सशस्त्र प्रहरी बल कालिका गण, नेपाली सेना कृष्णदल गण र नेपाल प्रहरीको संयुक्त टोलीले बिहान करिब ७ बजे मृत अवस्थामा भेटाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्