झापाको विर्तामोड नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

भद्रपुर, झापा । झापाको विर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।
नगरभित्रका १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
राष्ट्रिय खोप तालिका अनुसार २०८१ असार १७ गतेसम्ममा ८ हजार २ सय ५१ जना बालबालिकालाई सबै प्रकारका खोपहरू लगाइएको स्वास्थ्य शाखाले जनाएको छ । तथ्याङ्क अनुसार खोप लगाउन छुटेका ५२ जनालाई खोजेर लगाएको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत दीपक सापकोटाले जानकारी दिनुभयो ।
पालिकाका १० वटै वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख राजिवकृष्ण विष्टले बताउनु भयो ।
स्वास्थ्य शाखाद्वारा बुधबार आयोजित पूर्ण खोप सुनिश्चित पालिका घोषणा प्रतिबद्धता पत्रमा नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा लगायत वडाअध्यक्ष लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूले हस्ताक्षर गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्