तपाईँ सुन्दै हुनुहुन्छः

तेह्रथुममा खुकुरी प्रहार गरी छोराले गरे आमाको हत्या

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं. ८ सोल्मामा खुकुरी प्रहार गरी आफ्नै छोराले आमाको हत्या गरेका छन् ।

आज दिउँसो २:०० बजे तिर २३ वर्षीय छोरा दिपक नेपालीले ६० वर्षीय आमा तिलमाया नेपालीको खुकुरी प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो ।

आमाको हत्या गरी गाउँमा आमाको हत्या गरे भन्दै हिँडेका अभियुक्तलाई छिमेकीले समाती प्रहरीलाई खबर गरेका थिए ।

सामान्य घरायसी विवादमा आमाको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीयवासीका अनुसार फरार अभियुक्त माइला छोरा हुन ।

अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको शवलाई घटनास्थल तथा शब मुचुल्का गरी पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button