धनुषामा पोखरीमा नुहाउने क्रममा तीन बालिकाको मृत्यु

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा रहेको घोगाही पोखरीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
धनौजी गाउँपालिका वडा नंं ५ बहुअर्वामा नुहाउने क्रममा पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको हो
मृत्यु भएका बाालिकाहरुको उमेर १० देखि १२ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिनुभयो ।
पोखरीमा डुबेर मृत्यु हुनेमा अब्दुल खानका छोरी मुस्कान खातुन, भिलिम खानका छोरी जिन्नत खातुन र सलिम खानका छोरी अजमेरी खातुन रहेको प्रवक्ता अवाले जानकारी दिनुभयो ।
उनीहरूको दिउँसो करिब सावा १२ बजेको समयमा पोखरी नुहाइरहेको समयमा पोखरीमा डुबेका थिए ।
स्थानीयवासीले तत्कालै उद्धार गरेर उपचारका लागि जनकपुरधामतर्फ ल्याउँदै गर्दा एक बालिकाको बाटोमा नै मृत्यु भएको र अन्य दुई जनालाई अस्पतालमा लगेपछि चिकित्सकले परीक्षण गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्