दोस्रो बबई रनिङ शिल्ड सुरु
दाङ । दाङको बबई गाउँ पालिकामा दोस्रो बबई रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बबई युवा तथा खेलकुद परिषद्को आयोजनामा रनिङ शिल्ड सुरु भएको हो ।

प्रतियोगितामा बबई गाउँपालिका वडा नम्बर १ देखि ७ नम्बरका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा
फुटबल र क्रिकेट तथा महिला र पुरुष कराँते तथा भलिबल विधामा प्रतिस्पर्धा हुने खेलकुद परिषद्का सदस्य टोपेन्द्र थापाले जानकारी दिनुभयो ।

असार १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने कार्यतालिका रहेको छ । गत वर्षदेखि बबई रनिङ शिल्ड प्रतियोगिता सुरु गर्न थालिएको हो । पहिलो रनिङ शिल्ड वडा नम्बर ३ ले प्राप्त गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्