विधायन व्यवस्थापन समिति बैठक: मिडिया काउन्सिल विधेयकमाथि छलफल गरेर मात्रै अघि बढ्ने निर्णय

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले मिडिया काउन्सिल विधेयकमाथि सरकारसँग छलफल गरेर मात्रै अघि बढ्ने निर्णय गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुकाबीच मिडिया काउन्सिल विधेयकमा काउन्सिलको पदाधिकारी सिफारिस, योग्यता र गठनका सम्बन्धमा सहमति जुट्न नसेकेपछि सरकारसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको हो ।
बैठकमा समितिका सांसदहरुले विधेयकमा पत्रकारको योग्यता मिडिया काउन्सिलको सङ्गठनात्मक ढाँचालगायतमा वृहत् छलफल हुनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्