तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी चीनमा कोलियरी ग्यास विस्फोटमा ३७ जनालाई सजाय

चीन। पूर्वी चीनको आन्हुई प्रान्तमा कोलियरी ग्यास विष्फोटमा संलग्न ३७ जनालाई कारबाही गरिने राष्ट्रिय खानी सुरक्षा प्रशासनको आन्हुई शाखाले घोषणा गरेको छ ।

हुवाइहे इनर्जीको क्सियाओ कोइला खानीमा मार्च ११ मा भएको ग्यास विष्फोटको अनुसन्धान प्रतिवेदनमा सजायका लागि सुझाव दिइएको हो । दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

अनुसन्धान प्रतिवेदनले ग्यास विस्फोट अपर्याप्त ग्यास नियन्त्रण र अप्रभावी कर्मचारी निकासीका कारण उत्पादन सुरक्षा दुर्घटना भएको बताएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button