प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा वियोजन विधेयक, २०८१ अन्तर्गत आज युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भएको छ ।
छलफलमा सांसदहरुले खेलाडीलाई प्रशिक्षण, तालिम, तलब भत्ताको व्यवस्था, खेलाडीको भविष्य निर्माण र खेल मैदानको निर्माणमा जोड दिनुभयो ।
सांसदहरुले खेलकुदका लागि ठूला खालका पूर्वाधारहरूको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्ने र खेल क्षेत्रलाई प्रभावकारी बनाउने खालका योजना ल्याइनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरूले युवालाई विदेशीनबाट रोक्न युवा स्वरोजगारका लागि पर्याप्त बजेट विनियोजन गरेर रोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने, विद्यालयमा अतिरिक्त विषयका रुपमा खेलकुदलाई विकास गर्नुपर्ने, खेलमा संलग्न युवाहरूलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याउनु पर्नेमा समेत जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्