पार्टी अझै सङ्गठित र सुदृढ : अध्यक्ष यादव
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशन पूर्ण रुपमा सफल हुनुका साथै पार्टी एकताबद्ध रहेको सन्देश दिएको बताउनुभएको छ ।

प्रेस मञ्च नेपालले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महाधिवेशन प्रतिनिधिहरूले आफूमाथि देखाएको सद्भाव तथा विश्वासलाई पुरा गर्न इमानदारीपूर्वक काम गर्ने बताउनुभयो ।
उहाँले केन्द्रीय कार्यसमितिको चयन सबै क्षेत्र, भूगोल र जातीय सन्तुलन मिलाएर चाँडै विस्तार गर्ने बताउनुभयो ।
जसपाका अध्यक्ष यादवले पार्टीबाट केही चोइटिएर गए पनि त्यसको कुनै असर पार्टी सङ्गठनमा नपरेको र एकताको राष्ट्रिय महाधिवेशनमा भएको सहभागिताले पार्टी अझै बढी सङ्गठित र सुदृढ भएको दाबी पनि गर्नुभयो ।
उहाँले महाधिवेशनमा ७७ जिल्लाबाट पार्टीका महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनुका साथै विभिन्न भूगोलमा रहेको सांस्कृतिक नृत्यहरू प्रदर्शन महाधिवेशनको उद्घाटन शत्रमा भएकाले पार्टी राष्ट्रिय चरित्रको पार्टी भएको पुष्टि गरेको बताउनुभयो ।
पत्रकार सम्मेलन प्रेस मञ्च नेपालका कार्यवाहक केन्द्रीय अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका नेताहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेका थिए ।
प्रतिक्रिया राख्नुहोस्