तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न  आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा  उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । उहाँले सदन अवरोधको अभ्यास बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

“हामीले  सदन सञ्चालनको वस्तुनिष्ठ समीक्षा गर्ने बेला भएको छ ।    कुनै एउटा समस्या आउने बित्तिकै महिनाकै सदन अवरूद्ध हुन्छ”, सांसद दाहालले भन्नुभयो, “विवादित विषय किनारा लगाउन संवैधानिक निकाय र राज्यका अख्तियार प्राप्त निकाय छन्, ती निकायलाई काम गर्न नदिएर सदनमा असंसदीय तरिकाले तरिकाले पेस हुन पाइँदैन ।”रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button