बाढी, पहिरो, डुबानको जोखिम न्युनिकरण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बाढी, पहिरो, डुबानको जोखिम न्युनिकरण, सरकारी विद्यालयको गुणस्तर सुधार, सरकारी कार्यालयका कामकाज प्रभावकारी बनाइनु पर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको ।
संसदहरुले वर्षायाम सुरु भएसँगै आउनसक्ने बाढी, पहिरो, डुबान लगायतका विपद्बाट हुने जोखिम न्युनिकरणका लागि पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले नागरिकहरूलाई दुर्गम क्षेत्रमा समेत सहज आवतजावतको व्यवस्था गर्नुपर्ने, सरकारी विद्यालयमा आवश्यक शिक्षकको प्रबन्ध गरी पठनपाठनलाई प्रभावकारी बनाउनु पर्ने, सरकारी कार्यालयमा कर्मचारीहरूले ध्यान दिएर काम नगर्दा खेप्नु परिरहेको समस्या समाधान गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
देशका बढिरहेको भ्रष्टाचार न्युनिकरण गर्ने, जनताको चाहना पुरा गर्ने, एक आपसका आरोप प्रत्यारोपमा नलागी विकास निर्माणका काममा संयमता अपनाएर अगाडी बढ्नु पर्नेमा सांसदहरूले जोड दिनुभयो ।












प्रतिक्रिया राख्नुहोस्