तपाईँ सुन्दै हुनुहुन्छः

श्रम मन्त्री अर्यालसँग बुल्गेरियाका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग नेपालका लागि बुल्गेरियाका गैरआवासीय राजदूत H.E Nokolay Yankot ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा दुई पक्षीय सम्बन्धका विविध आयामबारे छलफल भयो ।

छलफलमा श्रममन्त्री डोलप्रसाद अर्यालले बुल्गेरियाले नेपाली श्रमिकलाई प्राथमिकतामा राखेकोमा धन्यवाद दिनुभयो । मन्त्री अर्यालले नेपाली श्रमिकका लागि बुल्गेरिया पनि सुरक्षित गन्तव्य हुनसक्ने बताउनुभयो ।

मन्त्री अर्यालले नेपाली श्रमिकलाई औपचारिक माध्यमबाट बुल्गेरिया पठाउन दुई पक्षीय श्रम सम्झौता गर्न नेपाल सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाली श्रमिकलाई भारत गएर भिसा लगाउनुपर्ने बाध्यतालाई हटाउन पनि आग्रह गर्नुभयो ।

छलफलमा नेपालका लागि बुल्गेरियाका गैरआवासीय राजदूत H.E Nokolay Yankot ले बुल्गेरियामा नेपाली श्रमिकका लागि सेवा, मेशिनरी र निर्माण लगायतका क्षेत्रमा सम्भावना रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button