संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधि सभा, राज्य राज्यव्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद् सम्बन्धी विधेयक सर्वसम्मतले पारित गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषद्(काम,कर्तव्य,अधिकार र कार्यविधि)सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको विधेयक परिमार्जन सहित सर्वसम्मतिले पारित गरेको हो ।
विधेयकमा संवैधानिक नियुक्तिका लागि,प्रधानमन्त्री र तत्काल बहाल रहेका सदस्यको ५० प्रतिशत सदस्य सहमत भए निर्णय हुने व्यवस्था गरिएको छ ।
संवैधानिक परिषद् ६ सदस्यीय हुने संवैधानिक प्रावधान छ ।
प्रतिक्रिया राख्नुहोस्