प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच बालुवाटारमा भेटवार्ता भएको छ । बिहीबार बिहान ९ बजेबाट करिब ४५ मिनेट उहाँहरूबिच छलफल भएको हो । भेटघाटमा अहिलेको समसामयिक राजनीतिक विषयमा र संघीय सरकार र प्रदेश सरकारहरूमा पनि बाम एकताका सरकारलाई सुदृढ बनाउँदै लग्ने विषयमा छलफल भएको खनालको सचिवालयले जानकारी दिएको छ । हिजो मात्रै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विपक्षी दलहरूको बैठकमा सहभागी हुनुभएको थियो ।अध्यक्ष नेपाल विपक्षी दलहरूको बैठकमा सहभागी भएकै भोलिपल्ट सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीलाई भेट्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्