तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ । गृहमन्त्रालयले प्रहरी कर्मचारीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ । । उपप्रधान एवं गृहमन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्क प्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो।

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव रहनुभएको छ ।

उक्त समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button