जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गोठलापानीबाट भारतीय सीमानाका झुलाघाटतर्फ गइरहेको सुप प्र ०१००१ज १५०० नम्बरको जिप दिउँसो ३ बजेतिर दशरथचन्द नगरपालिका १० भगोडेनोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु र आठ जना घाइते भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।
मृत्यु हुनेमा महिला रहेकी र महिलाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घाइते आठ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्