गर्मीका कारण कैलालीमा विद्यालय बन्द
कैलाली । कैलालीमा गर्मी बढ्न थालेपछि त्यहाँका स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन् । कैलालीको टीकापुर नगरपालिकाले जेठ १७ गते बिहीबारदेखि २१ गते सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
दैनिक रुपमा गर्मी बढिरहेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गरेर ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले जानकारी दिनुभयो ।
यसैगरी लम्कीचुहा नगरपालिकाले पनि १७ गतेदेखि २१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव जैशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्