तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को गतिरोध अन्त्य गर्ने प्रयास : शीर्ष नेताहरुसँग प्रधानमन्त्री र सभामुखको छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने हुनुभएको छ ।

सभामुखले आज (शनिबार) दिउँसो २ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने लाग्नुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनका माग गर्दै कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

संसदको गतिरोध समाधानका लागि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button