तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि सभा स्थगित भएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नयाँ ढंगले राष्ट्रिय सभालाई अगाडि बढाउनुपर्ने भए पनि अन्य ठाउँमा उत्पत्ति भएको समस्यालाई लिएर सभा अवरोध गर्न नहुने बताउनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ ६ गते आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button