तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारियो


काठमाडौँ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक संसद् सुचारु गर्ने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरू छलफलमा रहेकाले बैठक सारिएको हो ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक केही समय ढिला गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।


यसैबिच सदनमा देखिएको अवरोध अन्त्य गरी बैठक सुचारु गर्ने लगायतका विषयमा सभामुख घिमिरेले राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button