तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजस्व कार्यालय पोखराबाट ४ अर्ब २९ करोड राजश्व सङ्कलन

पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक बर्ष २०८०/०८१ को वैशाख मसान्तसम्ममा ४ अर्ब २९ करोड ३५ लाख २८ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ । वैशाख मसान्तसम्म कार्यालयको राजश्व सङ्कलनको लक्ष्य ४ अर्ब ८२ करोड ९७ लाख ६७ हजार रहेकोमा वैशाख मसान्तसम्म उक्त राजश्व सङ्कलन हुँदा ८९ प्रतिशत प्रगति हासिल गरेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । 

देशको आर्थिक मन्दिले गर्दा व्यापार व्यवसाय फस्टाउन नसक्दा यसको असर राजश्व सङ्कलनमा परेकोले गर्दा लक्ष्य हासिल गर्न केही कठिन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो । 

कार्यालयले वैशाख मसान्त सम्म निर्धारित लक्ष्यको आयकर तर्फ ९६ प्रतिशतले २ अर्ब ४९ कोड ४९ लाख ७२ हजार राजश्व सङ्कलन गर्न सफल भएको हो । वैशाख मसान्तसम्म आयकर तर्फ कार्यालयको लक्ष्य भने २ अर्ब ५९ करोड ७३ लाख ७३ हजार रहेको थियो । 

अन्तः शुल्क तर्फ ११६.३६ प्रतिशत र मू.अकर तर्फ ७८.१४ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको उहाँले उल्लेख गर्नु भयो ।

कार्यालयको ६ अर्ब ३९ करोड ४७ लाख २० हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button