तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको बैठक कार्यसूचीमा  प्रवेश नगरी स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूको विरोधपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।

सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका सांसदहरूको माग थियो । सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम थियो । 

सो बैठकमा सभाध्यक्षले  राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत कार्यसूची थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३ गते बिहीबार अपराह्न १:१५ बजे बस्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button