माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
गुल्मी । गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मी चौराहाकी ५५ वर्षीया विष्णु रानाको घरमा लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
घटनामा ५४ वर्षीया हुमकला राना घाइते भएको पोखरेलले बताउनुभयो । घाइते रानाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्