तपाईँ सुन्दै हुनुहुन्छः

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित दोदा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शनिबार अपराह्न पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका–४ शान्तिपुर बस्ने १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका समीर सुवेदी र शिशिर बिष्टको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button