मधेश प्रदेशका अग्नि पीडित परिवारलाई प्रति परिवार १० हजार

जनकपुरधाम । मधेश प्रदेश सरकारले विभिन्न जिल्लाहरूमा भएको आगलागीको घटनामा परेर पीडित भएका प्रति घर परिवारलाई हालका लागि १० हजार राहत स्वरूप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीको अध्यक्षतामा भएको प्रदेश विपत् व्यवस्थापन समितिको आज बसेको बैठकले प्रति परिवार १० हजार वितरण गर्ने निर्णय भएको छ ।
बैठकले सर्लाही, सप्तरी तथा महोत्तरी जिल्लामा भएको आगलागीका कारणले ठूलो मात्रामा क्षति भएको छ । तीन जिल्लाका सय भन्दा बढी घर तथा घरमा भएको धनमाल जेलर नष्ट भएपछि अग्नि पीडितहरू निक्कै पीडित भएका छन् ।
आगलागीमा परेर घरबार गुमाएकाहरूलाई दीर्घकालीन व्यवस्थापनका लागि प्रदेश सरकारले आवासको निर्माण गर्ने विषयमा पनि प्रदेश विपत् व्यवस्थापन समिति छलफल भएको छ । प्रदेश सरकारले घोषणा गरेको रकम प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले नै वितरण गर्ने गृहमन्त्री लेखीले जानकारी दिनु भयो ।
उहाँले आगलागीमा परेर पीडित भएकाहरूलाई कानूनी प्रक्रिया तथा कर्मचारी तन्त्रका कारणले राहत पाउनमा ढिलाइ भएकोमा दुःख व्यक्त गर्दै शीघ्र प्रक्रियाद्वारा पीडितको आवास निर्माण प्रदेश सरकारले गर्ने भएको छ ।
बैठकमा प्रदेश सरकारका सबै सुरक्षा निकायका प्रदेश स्तरका प्रमुखहरू सहभागी रहनु भएको थियो । बैठक गृह, सञ्चार तथा कानूनमन्त्री लेखीको अध्यक्षतामा सम्पन्न भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्