दुहबी वडा नम्बर ६ मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा
सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले आयोजना गरेको छैटौँ मेयर कप फुटबल प्रतियोगितामा आज आइतबार भएको खेलमा दुहबी वडा नम्बर ६ फाइनल प्रवेश गरेको छ ।

दुहबी ५ अवस्थित रहेको श्री सरस्वती माविको खेल मैदानमा भएको खेलमा वडा नम्बर ६ ले वडा नम्बर ७ लाई पराजित गरेको हो ।
खेल सुरु भएको ३८ औ मिनेटमा दुहबी वडा नम्बर ६ का जर्सी नम्बर १७ आशिस साहले एक गोल गरी आफ्नो टिमलाई १–० ले अग्रता दिलाएका थिए ।
मध्यान्तर पछिको खेलमा दुहबी ६ का जर्सी नम्बर ७ का खेलाडी बसन्त माझिले थप १ गोल गरी आफ्नो टिमलाई २–० गोलले अग्रता दिलाए ।
लगत्तै दुहबी ७ का जर्सी नम्बर १५ का खेलाडी ओम प्रकाश चौधरीले १ गोल गरि २–१ गोलको अन्तर बनाएका थिए ।
खेलको अन्तिम समय सम्म पनि थप गोल हुन नसकेपछि दुहबी ६ ले फाइनलको लागी सिट सुरक्षित गर्न सफल भएको हो ।
खेलको म्यान अफ द म्याच दुहबी ७ का खेलाडी जित नारायण मण्डलले रु २ हजार र मेडल प्राप्त गरेका थिए ।
प्रमुख अतिथि दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतिवडाले मेडल र नगद रकम वितरण गर्नुभएको थियो ।
भोलिको सेमिफाइनल खेल दुहबी वडा नम्बर १० र ८ बिच हुने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्