सौहार्दपूर्ण वातावरणमा बझाङमा मतदान

बझाङ I आज वैशाख १५ गते बिहान ७ बजे बाट बझाङमा भएको उप निर्वाचनकाे मतदान सुरु भएको छ ।
निर्वाचन शान्ति पूर्वक मर्यादित रुपमा भएको छ ।
निर्वाचन क्षेत्र १ का ९३ वटा मतदान केन्द्रमा सात बजे नै मतदान सुरु भएको हो ।
उपचुनावमा ११ राजनीतिक दलका उम्मेदवारले भाग लिएका छन् । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंह, नेकपा एकिकृत समाजबादीका दिल बहादुर सिंह र नेकपा एमालेका दमन भण्डारी लाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । ६१ हजार ७ सय ४८ मतदाता रहेको याे निर्वाचनमा ७ पालिका का ५० वडा रहेका छन् ।

यसपालि कतिपय व्यक्ति रोजगारीको लागि भारत लगायत अन्य देशमा रहेकाले कम मत खस्ने आँकलन गरिएको छ । मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएकोले मतदाताले शान्त सौहार्दपूर्ण भयरहित वातावरणमा ढुक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी भरत शाहले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्