‘संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता’
पाल्पा । सभामुख देवराज घिमिरेले प्रदेश र संघका दुवै संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता हुने बताउनुभएको छ ।
पाल्पाको तानसेनमा अन्तर व्यवस्थापिका अन्तरसंवाद सम्मेलनको एक कार्यक्रमबीच उद्घाटन गर्दै सभामुख घिमिरेले संघ तथा प्रदेशका व्यवस्थापिका संसद्लाई दिगो, स्थायी रुपमा प्रभावकारी रुपमा सञ्चालन गर्न सके मात्र सङ्घीयताको पूर्ण कार्यान्वयन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले सदनहरूलाई बलियो, तथा प्रभावकारी बनाएर जनताका मुद्दाहरूलाई सम्बोधन गर्न सके मात्र सङ्घीयतालाई दिगो रुपमा कार्यान्वयन गर्न सकिने बताउनुभयो ।
सम्मेलनमा सभामुख देवराज घिमिरे सहित राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिव लगायतको उपस्थिति रहेको छ ।
सम्मेलन भोली पाल्पा घोषणापत्र जारी गर्दै सकिने छ ।
प्रतिक्रिया राख्नुहोस्