‘विपद् व्यवस्थापन र पत्रकारिता विषयक अभिमुखीकरण

नवलपरासी,पश्चिम । नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीले ‘विपद् व्यवस्थापन र पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
मूलतः ‘विपद् व्यवस्थापन, सञ्चार माध्यमको भूमिका र यसको न्यूनीकरणका प्रयासका विषयहरू कार्यक्रममा उठान गरिएका छन् ।
आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवरले सहभागी पत्रकारहरूलाई सहजीकरण गर्नु भएको हो।

नेपालमा प्राकृतिक विपद् तथा मानवद्वारा सृजित ‘विपद्हरूको विषयमा लामो समयदेखि पत्रकारिता गर्दै आए पनि विनाश वा विपद् किन भइरहेको छ, कसरी न्यूनीकरण गर्न सकिन्छ, पूर्व तयारीको लागि स्थानीय तहको तयारी लगायतको विषयमा समन्वय र पुर्वतयारीका बारेमा चर्चा परिचर्चा गरिएको छ ।
कतिपय अवस्थामा मानवकै कारण पनि ठुलो विपद् र जोखिम भोग्नुपर्ने अवस्थाको खोजी गर्ने,सरकार र स्थानीय सरकारको पूर्व तयारी कस्तो छ रु राहतको अवस्था कस्तो छ रु लगायत पुर्वतयारीका विषयमा सञ्चार माध्यमले सूचना प्रवाह गरी थप क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका खेल्ने कार्यक्रममा औल्याईएको छ ।
कार्यक्रममा बोल्दै सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजनले पछिल्लो समय आगलागीका कारण नवलपरासीमा नागरिकले ठुलो क्षति बेहोर्नु परेको बताउनु भयो ।सबै स्थानीय सँग बारुणयत्र नहुँदा न्यूनीकरणमा निकै चुनौती भएको उहाँले बताउनु भयो ।प्रशिक्षक कुँवरले कतिपय ‘विपद्मा भएका मानवीय र अन्य क्षतिमा प्रकाशित तथा प्रसारण हुने सामाग्रीले आम सञ्चार माध्यमले नागरिकलाई थप त्रास उत्पन्न गर्ने हुँदा त्यसतर्फ सचेत हुनु पर्ने उल्लेख गर्नु भयो ।
पत्रकार महासङ्घ नवलपरासीका अध्यक्ष हरि शर्माले ‘विपद्जन्य समाचार सम्प्रेषणमा सबै सञ्चार माध्यममा एउटै तथ्याङ्क नआउने हुँदा थप अन्यौलता हुने बताउँदै सही सूचना सम्प्रेषणमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।कति पय स्थानीय तहले ‘विपद् कोषको रकम अन्य शीर्षकमा खर्च हुने गरेको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्