तपाईँ सुन्दै हुनुहुन्छः

वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुग्यो

काठमाडौँ । बुधबार बिहान रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको हो । दुई पटक एकदिवसीय र टी–२० विश्वकप विजेता वेस्ट इन्डिजको कुनै पनि टिम नेपाल टूरमा आएको यो पहिलो पटक हो ।

नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम–  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), रहेका छन् । मुख्य प्रशिक्षक– फ्लोयड रेफर र सहायक प्रशिक्षकमा रेयन ग्रिफिथ रहेका छन् ।  

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराह्न १ बजेदेखि शुरु हुने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button